११ मंसिर, राजविराज दिलिप साह । मधेशीको अधिकार, पहिचान र अस्तित्व संरक्षण गर्ने उद्देश्यका साथ सुरु गरेको घर घरमे फोरम जन जनमे फोरम कार्यक्रम अन्र्तगत शनिबार राजविराज नगरपालिकाको वडा नम्वर–७ मा पुगेका छन् ।

संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य एव्म केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साहको नेतृत्वमा अभियान थालिएको हो । अभियानका क्रममा वडा नम्वर–७ पुरनीपोखरी टोलका जनताहरुको घर–घरमा अभियान टोली पुगेका छन् । देशको वर्तमान परिस्थितिमा मधेशी जनताको अधिकार, पहिचान र अस्तित्व गुम्ने खतरालाई मध्यनजर गरी मधेशी समुदाय एकजुट भएर आफ्नो हक हितको लागि आवाज बुलन्द गर्न अभिप्रेरित गर्ने मुख्य उद्देश्यका साथ सञ्चालित अभियानको क्रममा नेता साहले बताए ।

अभियान टोलीमा युवा नेता युसुफ अलि, संघीय समाजवादी फोरम नेपाल सप्तरीका जिल्ला सह–सचिव उपेन्द्र साह, क्षेत्रिय इञ्चार्ज सुनिता साह, क्षेत्रिय अध्यक्ष नवनित झालगायतका नेताहरु सहभागी छन् । अभियानका क्रममा स्थानीयवासिन्दासँग सल्लाह सुझाव तथा स्थानीय समस्याहरुबारे जानकारी लिएको छ ।

तपाईको प्रतिक्रिया