anemasangh uml koshi haraicha१२ मंसिर, नरेन्द्र बस्नेत बेलबारी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ मोरङमा १० बर्षपछि भएको अबिधेशनबाट उही पुरानै अनुहारले नेतृत्व पाएको छ । ३–३ बर्षमा अधिबेशन गर्नुपर्ने बिधानमा उल्लेख भएपनि जिल्ला अधिबेशन हुन नसक्दा नौ बर्ष पछि मात्रै अधिबेशन भएको थियो ।

एमालेको जनर्गीय संगठनहरुले समयमै अधिबेशन गर्दै आएपनि अनेमसंघले भने अन्य दलका भातृ संगठन जस्तै बनको छ । महिला हिंसा लगायत देशको नेतृत्व गर्ने गरी स्थापना भएको अनेमसंघको अधिबेशननै समयमा हुन सकेको छैन । १० बर्षमा नयाँ नेतृत्व गर्न पाईएला भनेर बसेका अन्य कार्यकर्तालाई समेत धक्का पुगेको छ ।

पार्टी नेतृत्वका कारण समयमा अधिबेशन गर्न नसकेको अनेमसघको भनाई रहेको छ । सनिबार सम्पन्न छैठौ अधिबेशनबाट पुन कृष्णा राईको अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । समितिको उपाध्यक्षमा बिमला घिमिरे र सरस्वती खरेल चयन भएका छन । सचिबमा टिका भट्टराई,कोषध्यक्षमा शिला कार्की उप सचिबमा मिरादेबी दास चयन भएका छन । शुक्रवारदेखि कोशिहरैचामा शुरु भएको अधिबेशनको उद्घाटन एमालेका महासचिब ईश्वर पोख्रेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया