sanjay mochi
१२ मंसिर, अमर पासमान सिरहा। सिरहा गोलबजार नपा–९ की रुन्चिदेवी मोचीले छोरीको विवाह राम्रोसंग गरौंला भनी २०७२ मंसिरमा एकमात्र छोरा २३ वर्षिय छोरा संजय मोचीलाई विदेश (कत्तार) पठाउनु भयो ।

छोरा संजय चार महिनापछि नै घर आए कमाई होइन गलेको शरिर बोकेर । गत चैतमहिनामा घरआईपुग्नुभएको संजय कत्तार पुगेर कम्पनीमा राम्रैसँग काम गरिरहेको थियो । एक पटक पैसा पनि पाठायो संजयकी आमा रुन्चिले भन्नुभयो । दुई महिनापछि एकदिन छोरो विरामी भएर अस्पताल भर्ना भएको खवर आयो । हामीले सामान्य विरामी परेका ठान्यौं । तर, केहीदिनपछि छोराको हातखुट्टै काट्नुपर्छ भन्ने कुरा सुनाएपछि म आत्तिए । विवाह नभएको छोरो कहा हातखुट्टा काट्ने कुरागर्छ भन्नेलागेर मैले जे जस्तो अवस्थामा छ लिएरै आउनु भनेर श्रीमानलाई छोरा भएकैठाउँ कत्तार पठाएँ ।

sanjay sirha rog katar

केही दिनपछि नै छोरालाई लिएर श्रीमान ज्ञानदेव आउनु भयो । काठमाडौं विमानस्थलबाटै छोरालाई ट्याक्सीमा राखेर नर्भिक अस्पताल पुर्याएर उपचार गरें । नर्भिकमै उपचाकै क्रममा संजयको छातिमा समस्या भयो भन्दै छातीको पनि अपरेशन गरे । उपचारकै क्रममा त्यहाँपनि खुट्टा काट्ने कुरा गरेपछि घर ल्याएँ । अहिले घरमा नर्भिकले दिएकै औषधीहरु चलाई रहेको छु, थप उपचारकोलागि भारत लाने आफन्तहरुले सल्लाह दिएको भएपनि आर्थिक अभावका कारण लग्न सकिरहेको छैन ।

कतार गएको दुमहिना पछि जरो आएको संजयलाई उपचारकोलागि अस्ताल पुर्याएको संजयले बताए । त्यहाँ उपचार सुरुभएकोसम्म मैले थाहापाएँ त्यसपछि म २२ दिनसम्म वेहोस भएँ । होसखुल्खदा सारा शरिर आगोले जलेको जस्तो देखे । उज्यालोसँगेको कुराकानीकै क्रममा संजयले भन्नुभयो, ‘म यस्तो शरिर देखेपछि एकपटक छाँगाबाट झरेकोजस्तै भएँ, हात, खुट्टा चलाउन समेत नसक्ने अवस्था थियो । पछि बुझ्दा औषधीको रियाक्सन (कुप्रभाव) ले यस्तो भएको थाहापाएँ ।

जसको कारण अव दुवैहात खुट्टा काट्नुपर्ने अस्पतालले भने । यो सव गराएर उपचार गराउन कम्पनी तयार थियो । मैले यतिठूलो निर्णय गर्न सकिन । घरमा फोन गरें । आमाले त्यस्तो केही गर्नुपर्दैन पहिला नेपाल आउँ भन्नुभयो । बुबालाई लिन पठाउनु भयो । कम्पनीले नै डाक्टरको टोलीसहित हामीलाई नेपाल पुर्याई दियो । काठमाडौंमा उपचार पछि अहिले १० महिना देखि घरमै छु । राम्रो उपचार हुन सकिरहेको छैन ।

सञ्जयले निराश हुँदै सुनाउनु भयो, ‘हामी गरिव मान्छे, हाम्रो केही छैन । एकजना बुवाको कमाईले जसोतसो परिवार चलिरहेको छ । थप उपचार कसरी गर्ने ?’ काठमाडौंबाट दिएको औषधीलेकेही विशेक भएको जस्तो भएपनि दुईदिन अघि देव्रे खुट्टाको पैताला झर्यो । अव उपचार चाँडैभएन भने बाचिने हो की होइन ? उहाँले विदेशमा छँदा सम्पूर्ण उपचार खर्च कम्पनीले नै दिएको सञ्जयको परिवारजनले बताए । काठमाडौं आएर पाँच लाखभन्दा बढी रकम खर्च भयो ।

अव थप उपचार गर्न सकिरहेको छैन । इन्स्योरेन्स कम्पनीले पनि एक वर्ष पुगेपछिमात्र दिन्छु भने, अव हामी कसरी छोरोको उपचार गर्ने भन्दै संजयी आमा रुन्चिदेवीले विलौना गनुभयो । उहाँले सुँकसुकाउँदै भन्नुभयो, ‘ हामी गरिवको छोराछोरी उपचार गर्नै नसेकर मर्नेभो ।’

तपाईको प्रतिक्रिया