manmohan gold cup१२ मंसीर, इटहरी। सुनसरीको दुहवी रङ्गशालामा भईरहेको मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको आजको दोस्रो क्वार्टर फाईनलको खेलमा पहिलो दिनको जस्तै परिणाम निकाल्दै मनाङ्ग मर्स्याङगदी क्लव काठमाण्डौले आयोजक एलेभन एरोज क्लवलाई २–१ गोलले स्तब्ध पार्दै सेमी फाईनलको यात्रा तय गरेको छ ।

हिजो भएको त्रिभुवन आर्मी र चर्च ब्वाईज युनाईटेड क्लव काठमाण्डौबीचको परिणाम जस्तै पहिलो हाफको ९ औ मिनेटमा आयोजक एलेभन एरोज क्लव दुहवीका खेलाडी  रोशन भुजलले सुन्दर एक गोल गरेर खेललाई अग्रता दिलाएका थिए । १–० गोलको अग्रता लिएको आयोजक दुहवीले खेललाई आफ्नो पक्षमा पार्ने भरपुर प्रयास गरिरहेका बेला मनाङ मस्र्याङ्गीका तर्फबाट तीन वटा आकर्षक अवसर पाए पनि ती अवसरहरु गोलमा रुपान्तरण नभई पहिलो हाफको खेल १–० गोलमा समाप्त भएको थियो ।

पहिलो हाफपछिको खेलमा पनि आयोजक एलेभन एरोज क्लवले खेल जित्ने रणनीतिकासाथ मैदानमा खेल कौशल देखाई रहेका बेला खेलको २१ औ मिनेटमा शुन्दर गोल गर्दै खेल १–१ बराबरीमा पु¥याए । त्यसपछि आयोजक एलेभन एरोज निकै सत्रिय भएर आक्रामक खेल अघि बढाई रहेकै बेला मनाङका खेलाडी विश्वास श्रेष्ठले आफ्नो टिमका लागि दोस्रो गोल गर्दै खेल २–१ गोल अन्तरमा पु¥याए । उनले गरेको त्यही गोल नै आजको खेलको अन्तिम र निर्णायक गोल बन्न पुग्यो ।

भोलिको तेस्रो क्वार्टर फाईनल खेल मोरङ्ग फुटबल क्लव मोरङ्ग र बीआरसी भुटानबीच खेल हुने दिलिप राईले जानकारी दिनुभएको छ । आजको खेलमा आयोजक एलेभन एरोजका सौजन्य राईलाई म्यान  अफ द म्याचको उपाधी प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया