१३ मंसिर, इनरुवा । क्षेत्रीय स्तरीय नकआउट भलिवल प्रतियोगिता सुनसरीको सीमावर्ती गाविस घुस्की गाविसमा सम्पन्न भएको छ।  उक्त प्रतियोगिताको उपाधी सशस्त्र प्रहरी बल घुस्कीले जीतेको छ ।

आईतवार सम्पन्न फाईनल खेलमा इटहरीको आर्मी बटुकदललाई ३ १ सेटले हराउदै एपीएफले उपाधी जीतेको हो । उपाधीसँगै एपीएफ घुस्कीले नगद रु.२१ हजार जीत्यो भने पराजित आर्मीका टोलीले नगद रु.१५ हजार सहित सिल्ड,मैडल तथा प्रमाणपत्रमा चित बुझाए ।

विजेता तथा उपविजेता टोलीलाई नेकपा माओवादी केन्द्रका शिव डागी ,दिलु महमद ,नेपाली काँग्रेसका केन्द्रिय सदस्य रानी खातुन मानव अधिकारका संयोजक रमेश भटट्राई लगायतकाले पुरस्कार वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया