naga arjun

भारत । तेलेगु सुपरस्टार नागार्जुनको आगामी फिल्म ओम नमो वेकेटेशाय हाल आफ्नो फस्टलुकका कारण चर्चामा रहेको छ।यसरी चर्चामा आउनुमा फिल्मी नायिकाले पहिरिएको पहिरन हो। सार्वजनिक गरिएको फस्ट लुकमा फिल्मी नायिका प्रज्ञाले एक लेहेगां पहिरेकी छन्। उनले पहिरेकी लहेगांमा प्रयोग गरिएको सुनका कारण दर्शकहरू यसतर्फ आकार्षित भएका हुन्। उक्त लेहेगां १४ किलो सुनबाट बनाइएको हो।

१४ किलो सुन प्रयोग गरिएको भनाइ प्रज्ञा स्वयमले आफ्नो ट्विटबाट गरेकी हुन्। उनले यसरी ट्विट गर्ने बित्तिकै सामाजिक संजालमा यसको लुक भाइरल हुन पुगेको हो। फिल्ममा नागार्जुन तथा प्रज्ञाका अलावा अनुष्का शेट्टी, सौरभ तथा विमला रमनको मुख्य भूमिका रहेको छ।

तपाईको प्रतिक्रिया