१३ मंसिर, झापा। झापाको मेचीनगर नगरपालिका-१० बाट प्रहरीले आइतबार लागूऔषधि सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा दमक-१२ बस्ने ३३ बर्षिय अशोक थापा रहेका छन्। प्रहरीले थापाको साथबाट  बेलुका ६ बजेतिर भारतबाट प्लाष्टिकमा बेरी ल्याउदै गरेको ७८ सेट टिडीजेसिक इन्जेक्शन फेला पारेको हो। थापालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया