brahachetra chatra

१३ मंसिर, इटहरी। हिन्धु धर्मावलम्बीहरुको पावन तीर्थभूमि बराहक्षेत्रमा आज हजारौ भक्तजनहरुले पितृ मुक्तिका लागि सतबीज छर्नुभएको छ । बिहानैदेखि बराहक्षेत्रस्थित कोका कौशिकी नदीको तटमा स्नान गरेर हिन्दु भक्तजनहरुले धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार शुद्ध आत्माले सतबीज छरि आफ्ना पितृहरुको स्वर्गबासका लागि कामना समेत गरिएको छ ।

पावन भूमि बराहक्षेत्र मन्दिरमा भक्तिपूर्वक पूजापाठसँगै सप्तकोशी नदी किनारमा आफ्ना पित्रीहरुको सम्झनामा धेरै श्रद्धालु भक्तजनहरुले पितृश्राद्ध समेत गरेर पितृहरुको मोक्षको कामना समेत गरिरहेको मन्दिरका संरक्षण पूजार योगेश भण्डारीले बताउनुभयो । बराहक्षेत्र विकास मञ्चले यो बर्षदेखि यस बालाचतुर्दशीको अघिल्लो साझ हिजो बिशेष धार्मिक सामारोहका रुपमा महाआरती र श्रृँगार आरतीको आयोजना गरेर रातभर देशका चर्चित कलाकारहरुबाट नृत्यसँगै गीतहरु प्रस्तुत गरेर भक्तजनहरुलाई मनोरञ्जन समेत प्रदान गरिएको भण्डारीले थप जानकारी दिनुभएको छ ।

उहाँले धार्मिक कार्यक्रमसँगै सतबीज छर्नका लागि हजारौ हिन्दुहरुको भिड लागेको बताउनुभयो । बराहक्षेत्र पछिल्लो समयमा आएर नदी कटानको जोखिममा परिरहेकाले यस तर्फ राज्यले तत्काल ध्यान दिन नसके कुनै पनि बेला बराहक्षेत्र मन्दिर यहाँनेर थियो भनेर नक्शामामात्र देख्न सकिने खतरा नजिकिदै आएकोमा चिन्ता समेत ब्यक्त गनुभएको छ ।

युवा पण्डित योगेश भण्डारी र बराहक्षेत्र विकास मञ्चका अध्यक्ष नरबहादुर राईले भक्तजनहरुको घुईचो बढिरहेको भए पनि चतरा बराहक्षेत्र आउने सडक निर्माणमा भएको बन कार्यालय सडक विभागबीचको रस्साकस्सी अनि सप्तकोशी नदीले तटिय क्षेत्रबाट कटान गरिरहेको दृष्यले मन नै चिसो हुने र बर्खाको समयमा हामी युवा अर्थात पुरुषहरु रातभर जाग्राम बसेर घरमा भएका बुढाबुढीलाई नदीले कटान ग¥यो है भनेर सूचना दिन रातभर बस्न बाध्य हुँदै आएको गुनासो पनि सुनाउनु भएको छ ।

भौगोलिक बिकटता अनि राज्यको विशेष ध्यान नजानुले बराहक्षेत्र धार्मिक तीर्थस्थलको महिमा हुँदाहुँदै पनि यसको महिमालाई जति टाढासम्म लैजानु पर्ने हो त्यति परसम्म पु¥याउने निकायहरुले बिशेष ध्यान नदिएको पनि उहाँहरुको भनाई रहेको छ । यता सुनसरीकै रामधुनी र दन्तकाली मन्दिर क्षेत्रमा पनि हजारौ हिन्दु भक्तजनहरुले बिहान सबेरैदेखि सतबीज छर्ने र पितृ मोक्षका लागि विशेष धार्मिक एवम बैद्धिक विधिपूर्वक पूजापाठ गर्ने कार्य भई रहेका छन ।

विशेषगरी भगवान रामले बनबास बस्दा यो रामधुनीमा आई धुनी जगाएर रात बिताउनु भएकाले पनि यहाँको विशेष धार्मिक महत्व रहेको छ । त्यो धुनीलाई यद्यपी अहिलेसम्म पनि निभ्न नदिएको र कथंकदाचित निभेको अवस्था दन्तकालीमा जगाईको दिपबाट आगो लगेर त्यहाँ धुनी जगाउनु पर्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ ।

तपाईको प्रतिक्रिया