Chhinnamasta bali

१३ मंसिर, राजविराज दिलिप  साह । नेपालको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा शनिबार आइपुगेका विश्व विख्यात योग गुरु रामदेव स्वामीले मन्दिरमा बली प्रथा रोक्ने सहमति जनाउने मन्दिरका पीठाधिश महाकान्त ठाकुरलाई दक्षिणा स्वरुप एक लाख प्रदान गर्नुभयो ।

हिन्दु धर्ममा देवीदेवताको मन्दिरमा निसहाय बली चढाउने कुरा पाखण्डीहरुको कथनबाट प्रारम्भ भएको बताउनुभयो । अब सखडा मन्दिरमा बली नचढाउन उनले अपिल गर्दै भने पशुको होइन पशुत्वको बली दिनु आवश्यक छ । हजारौ मानिसको बीचमा योग गुरु रामदेवको कुरामा पीठाधिश ठाकुरले सहमति जनाउनुभयो ।

पिठाधिश ठाकुरको सहमति माथि खुसी भएर रामदेवले तत्कालै ठाकुरलाई दक्षिणाको रुपमा एक लाख रुपैयाँ दिनुभयो । ठाकुरले सहमति जनाएपछि दक्षिणाको रुपमा एक लाख रुपैयाँ ग्रहण गरेपनि मन्दिरमा बली प्रथा रोकिएको छैन । अहिले पनि मन्दिरमा प्रत्येक दिन बली प्रदान भइरहेको मन्दिरका कर्मचारी सन्तोष शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार प्रतिदिन मन्दिरमा दर्जनौको संख्यामा पशुको बली चढाउने गरिएको बताउनुभयो ।

रामदेव स्वामी मंसिर ११ गतेका दिन सखडा आएका थिए । सोही दिन पनि २९ वटा बली प्रदान गरिएको थियो । १२ गते १५ वटा बली प्रदान गरिएको र सोमबार समेत ७० वटा बली प्रदान भइसकेको शर्माले बताउनुभयो । सो सम्बन्धमा पीठाधिश ठाकुरले भक्तजनको इच्छा अनुसार बली प्रथालाई आफुहरु रोक्न नसक्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया