१४ मंसिर, सप्तरी। सप्तरीको बनरझुला-२ मा सोमबार बालुवा लोड गरेर राखेको स १ त ३८३६ नम्बरको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन्।

साँझ ५ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स ५ प ५६१९ नम्बरको मोटरसाइकल उक्त ट्याक्टरको पछाडीको भागमा ठोक्किदा दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक सप्तरी कल्याणपुर-३ बस्ने २६ बर्षिय जगदेब सहनी र पछाडी सवार सिराहा गाढा-९ बस्ने १५ बर्षिय मदन सहनी घाइते भएका थिए।

घाइते दुवैलाई उपचारकोलागी सप्तऋषी अस्पताल लाहान लगिएकोमा चालक जगदेब सहनीको उपचारको क्रममा मुत्यु भएको छ भने मदन सहनीको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कडोरबनाले जनाएको छ।

तपाईको प्रतिक्रिया