१४ मंसिर, इनरुवा । सुनसरीको जल्पापुर ९ की तारा ऋषिदेवको हत्या प्रेमीलेनै गरेको खुलासा भएको छ । श्रीमान विदेशमा रहेका समयमा मोजमस्ती गर्ने प्रेमीलेनै उनको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको हो ।

मंसिर १ गते नहरको डिलमा शंकास्पद अवस्थामा मृत भेटिएकी ताराका विषयमा अनुसन्धान थालेको सुनसरी प्रहरीले हत्याका पछाडी अतृत्प यौन चाहना प्रमुख कारण रहेको निष्कर्श निकालेको छ ।वैदेशिक रोजगारीका क्रममा श्रीमान विदेशमा रहँदा ३० वर्षिया तारा आफ्नो यौन चाहना पुरा गर्न स्थानीय युवकको सहारा लिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

छिमेकी १८ वर्षिय अर्जुन ऋषिदेव ताराकालागि प्रेमि झैं थिए । ताराकै इक्षा मुताबिक अर्जुनले उनिसँग पटक पटक शारिरीक सम्वन्ध बनाउदै आएका थिए । तारा आफ्नो यौनेक्षा पूर्तिका लागि अर्जुनलाई बोलाउथिन अनि दुवैवीच शारीरिक सम्पर्क हुने गर्थ्यो । प्रहरीको अनुसन्धानमा ताराले अर्जुनसँगको सम्वन्ध समाजमा नबाहिरियोस भनेर अर्जुनलाई डर देखाउने गर्थिन् । शारीरिक सम्वन्धका कारण गर्भ बसेको भन्दै केहि समयअघि मोवाइलमा कुराकानी गरेपश्चात हतास बनेका अर्जुन केही समय वेपत्ता समेत भएका थिए ।

पूनः तारासँग सम्पर्कमा आएपछि उनिहरुबीच पटक पटक शारीरिक सम्वन्ध रहेको भेटिएको प्रहरीले जनाएको छ । घटनाको दिन समेत अर्जुनले तारासँग घर नजिकैको शौचालय छेउ शारीरिक सम्बन्ध गाँसेका रहेछन् । सहमतिमै हुँदै आएको उनिहरुवीचको सम्वन्ध जसको कारण ताराको ज्यान गएको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार शारीरिक सम्वन्ध पश्चात अर्जुनले ताराको घाँटी थिचेर हत्या गरे अनि बोकेर नहरमा लगेर मिल्काए । प्रहरी भन्छ १८ वर्षे युवक जसले आवेशमा ताराको घाँटी थिचि हत्या गरे । प्रहरीले ताराको हत्यामा अर्जुनको संलग्न रहेको अनुसन्धानमा भेटिएपछि उनलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भने जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया