sitaram mehta

इनरुवा मंसिर १४\ सुनसरी क्षेत्र नम्वर ४ का सांसद सीताराम मेहताले वन राज्य मंत्रीको जिम्मेवारी पाउने भएका छन् । नेपाली काँग्रेसले सिफारिस गरेका दश राज्य मंत्रीको सूचिमा मेहताको नाम वन राज्य मंत्रीमा उल्लेख छ ।

गृहमंत्री विमलेन्द्र निधिले पाटीले सिफारिस गरेको अन्तिम नामावली प्रधानमंत्री पुष्पकमल दाहाललाई बुझाएका हुन् । शेरबहादुर देउवाको सूचिअनुसार पठाइएको नामावली निधिले प्रधानमंत्रीसमक्ष बुझाएको गृह स्रोतले जनाएको छ । स्रोतका अनुसार राज्य मंत्रीहरुको सपथ सम्भवतः बुधवार हुनेछ ।

स्रोतका अनुसार दीर्घसिंह भाट भौतिक, सीताराम मेहेता वन, तारामान गुरुङ स्वास्थ्य, सुवर्ण जुवार्चन सहरी विकास, सुरेन्द्र आचार्य सिँचाइ, इन्द्र बानियाँ पर्यटन, दिलीप गच्छदार श्रम,दीपक खड्का खानेपानी तथा सरसफाइ, कञ्चन बादे उद्योग र मीठु मल्ललाई वाणिज्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया