football- brazil teamकाठमाडौं। ब्राजिलको पहिलो डिभिजनको क्लब चफेकोएन्सका खेलाडी सवार विमान दुर्घटनामा ७६ जनाको मृत्यु भएको छ । चालक दलसहित ८१ जना सवार विमान दुर्घटनामा पाँचजनाको भने जीवितै उद्धार गरिएको छ ।

फुटबल टोली बोकेको विमान बोलिभियाबाट मंगलबार कोलम्बियाको मेडेलिन अन्तर्राष्ट्रिय विमानस्थलको लागि उँडेको थियो ।

विमान दुर्घटनामा परेका खेलाडी चफेकोएन्सका केही खेलाडीसँग युरोपियन लिग खेलेको अनुभव भए पनि राष्ट्रिय टोलीमा भने थिएनन् । इटालियन क्लब गुजेरियाबाट लोनमा आवद्ध भएका डिफेन्डर एनानियन चफेकोएन्सका सबैभन्दा चर्चित खेलाडी हुन् ।

२१ वषिय मिडफिल्डर माथिउस बेटेकोल पनि जर्मन क्लब होफेनहेमबाट लोनमा चफेकोएन्समा आबद्ध थिए । गोलकिपर मार्सेलो बेइकले पपाँच वर्ष पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनबाट खेलेका थिए । स्लेम्बर सान्टाना अर्का चर्चित खेलाडी हुन् । स्लेबरले स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र मालार्काबाट फुटबल खेलेका थिए ।आजको नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया