१५ मंसिर, ईटहरी। मंगलबार राती एक युवकमाथी इटहरीमा खुकुरी प्रहार भएको छ। खुकुरी प्रहारबाट इटहरी उपमहानगरपालिका २४ बरगाछी बस्ने अन्दाजी २० वर्षिय कोरविन तामाङ घाईते भएका छन्। तामाङमाथी सोही ठाउँका संजोग खतीवडाले पुरानो रिसिईवीको निहुँमा खुकुरी प्रहार गरेका हुन्।

उनको टाउको, हात र दाहिने पातामा खुकुरी चोट लागेको छ। उनको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ भने संजोग तामाङलाई खुकुरी सहित प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया