Nokia-logoकुनै समय मोबाइल बजारमा प्रभुत्व जमाएको फिनिस कम्पनी नोकियाले आगामी वर्ष देखि स्मार्टफोन बजारमा प्रवेश गर्ने योजना बनाएको छ ।

केही दिनअघि नोकियाको क्यापिटल मार्केट दिवसको अवसरमा सार्वजनिक भएको जानकारी अनुसार आगामी फेब्रुअरीमा आयोजना हुने वल्र्ड मोबाइल कंग्रेसमा नोकियाले आफ्नो स्मार्टफोन सार्वजनिक गर्दै स्मार्टफोनको दुनियामा इन्ट्री गर्नेछ । अहिले यो तथ्य औपचारिक रुपमा खुलासा भएको छ ।

डि वान सी नामक स्मार्टफोन नोकियाको पुनरागमनको पहिलो स्मार्टफोन हुने बताइएको छ । उक्त सम्भावित स्मार्टफोनमा ६४ बिट क्वालकोम स्नापड्रागन ४३० अक्टाकोर प्रोसेसर, ३ जिबीको र्याम, ३२ जिबीको इन्टर्नल स्टोरेज, फुल एचडी स्क्रिन तथा एडरेनो ५०५ जिपियु रहने बताइएको छ । उक्त स्मार्टफोन १३.८ इन्च स्क्रिनको हुने र फ्याब्लेट आकारको रहने पनि बताइएको छ ।

 

तपाईको प्रतिक्रिया