sitaram mehta new1

इनरुवा मंसिर १५/काँग्रेसले पेश गरेको राज्य मंत्रीहरुको सूचिमा सुनसरी क्षेत्र नम्वर ४ का सांसद सीताराम मेहताको नाम वन राज्य मंत्रीमा उल्लेख भएतापनि उनलाई यातायात राज्य मंत्रीको जिम्मेवारी तोकिएको छ ।

राज्य मंत्रीहरुको शपथका क्रममा मेहताले यातायात राज्य मंत्रीका रुपमा शपथ लिएका छन् । यसअघि पाटीले उनको नाम वन राज्य मंत्रीका रुपमा प्रधानमंत्री समक्ष पेश गरेको थियो ।  अन्तिम समयमा उनलाई यातायात राज्य मंत्रीको जिम्मेवारी दिइएको काँग्रेस स्रोतले जनाएको छ ।

स्रोतका अनुसार मेहताले वन राज्य मंत्री नभएर यातायात राज्यमंत्री बनाउन माग गरेपछि देउवा पक्षका सीतारामले चाहे मुताबिकको जिम्मेवारी पाएको स्रोतको भनाई छ ।

तपाईको प्रतिक्रिया