mantri

सीमामा रहेको नाकाबन्दी चाँडै हट्ने भारतबाट संकेत पाएको उच्च सरकारी अधिकारीहरुले बताइरहेका बेला, मन्त्रिपरिषदको बैठकले विशेष प्रस्ताव पारित गर्दै नाकाहरुमा देखिएको अवरोध हटाई दुई देशको सम्बन्ध सुमुधर पार्न भारतलाई आग्रह गरेको छ।

वार्तामार्फत आन्दोलनरत पक्षहरुसँग सहमति कायम गर्ने प्रयास जारी रहेको भन्दै सरकारले औषधि, इन्धनलगायत अत्यावश्यक वस्तुहरुको आपूर्ति नियमित गर्न भारतलाई सार्वजनिक रुपमा नै अनुरोध गरेको हो।

उक्त विशेष प्रस्तावबारे औपचारिक रुपमा आफूलाई केही नबताइएको काठमाण्डूस्थित भारतीय दूतावासले जनाएको छ।

तराइका आन्दोलनरत पक्षका नेता कार्यकर्तालाई लगाइएका झुठा मुद्दा फिर्ता लिने क्रम सुरु भएको भन्दै सरकारले तिहारलगायतका चाडपर्वलाइ लक्षित गरी बन्द र धर्ना फिर्ता लिन आन्दोलनरत दलहरुलाई समेत आग्रह गरेको छ।बिबिसिबाट

तपाईको प्रतिक्रिया