arena television press meet music video

१६ मंसिर, इटहरी। एरिना टेलिभिजन स्थापनाको पाँच बर्षको सफलतालाई आत्मासाथ गर्दै छैठौ बर्षमा प्रबेश गरेको अवसरमा पुर्वाञ्चलमा पहिले पटक सबै भन्दा ठुलो म्युजिक भिडियो अवार्ड हुने भएको छ । नेपाललाई चिनाउने मैलिक संगीतकर्मीको पहिचान गरी उनीहरुको मुल्यांकन सहित सम्मान स्वरुप रमपम एरिना म्युजिक भिडियो अवार्ड २०७३ को आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा टेलिभिजनका प्रबन्धक निर्देशक समिर कार्कीले जानकारी दिए।

म्युजिक भिडियो अवार्डमा संगीतकर्मी मात्र नभइ प्राविधिक निर्देशक तथा कलाकारहरुको सिर्जना,प्रस्तुति र योगदानको उच्च मुल्यांकन एवम् कदर गर्दै पुरस्कृत गरिने उनले बताए। बार्षिक उत्सवको अवसरमा आगामी माघ ७ गतेबाट अवार्ड घोषणा हुनेछ । १३ विधामा ३५ पुरस्कार समावेश हुने भने अवार्डमा सहभागी हुनेहरुलाई फर्मको व्यवस्था गरिएको छ । अवार्ड आयोजना गर्न २० लाखको खर्च हुने बताउँदै उनले यो नेपालभरीकै ठूलो राशीको अवार्ड भएको दाबी समेत गरे ।

तपाईको प्रतिक्रिया