ban sanrchan narendra basnet
१६ मंसिर, नरेन्द्र बस्नेत बेलबारी । मोरङको बेलवारी –६ मा रहेको देविथान सामुदायिक वन उपभोक्ता समुहले हरेक महिना बनसंरक्षणमा उल्लेख्य भुमिका खेल्ने समुहलाई सम्मान गर्ने गरेको छ । गत असोज महिनादेखि राम्रो सँग बन रेखदेख गर्ने समुहलाई सो बन समुहले पुरस्कृत गर्न थालेको हो । कार्तिक महिनामा राम्रो सँग बनको रेखदेख गर्ने टोली नम्बर ३ तथा ५ लाई क्रमश नगद रु ३ हजार तथा २ हजार रुपैयाले पुरस्कृत गरिएको छ । सो पुरस्कार समुहकी सचिव रिता भण्डारीले वितरण गरेकी थिईन ।

कार्यक्रममा प्रथम हुने टोली नम्बर ३ की टोली प्रमुख रिता राईले अनाधिकृत रुपमा जंगल प्रवेश गरी दाउरा निकासीका लागी प्रयोग गरिएको साइकल ४ थान बरामद गरि कार्यालयलाई वुझाएकी थिईन भने दोश्रो हुने टोली नम्बर ५ का प्रमुख दुर्गा बहादुर मगरले महिना भरीमा बरामद गरिएका ४ थान खुर्पा तथा ४ थान डोको मुल समितिलाई वुझाएका थिए । सो सामुदायिक वनमा ६० वटा वन गस्ती टोलीले मासिक नियमित रुपमा वनको गस्ति गर्दै आएको छ भने महिनाभरीमा उत्कृष्ट गस्ति गर्नेलाई पुरस्कृत गर्ने व्यवस्था गरिएपछि उपभोत्ताहरु थप सक्रिय भएको र बनको संरक्षण समेत भएको समुहका अध्यक्ष नारायण कुमार सुनुवारले वताए ।

तपाईको प्रतिक्रिया