bhandar narendra basnet
१६ मंसिर, नरेन्द्र बस्नेत बेलबारी । मोरङको बेलबारी ४ मा निर्माणधिन भण्डारण केन्द्र (कोल्डस्टोर) सञ्चालनमा आउने भएको छ ।  भण्डारण केन्द्रको तयारी समेत अन्तिम चरणमा पुगेको छ । गत बर्ष देखी निर्माण शुरु भएको भण्डारण केन्द्र केही महिनाभित्रमै सञ्चालनमा आउने भएको हो । तरकारी,फलफुल,माछा मासु राख्नका लागी निर्माण गरिएको भण्डारण केन्द्र सञ्चालनमा आएसगै झापा,मोरङ,सुनसरी,धनकुटा,तेह्रथुम पाँचथर लगायतका जिल्लाका कृषक तथा ब्यापारीलाई राहत पुग्ने देखीन्छ ।

जिल्ला कृषि सहकारी संघले निर्माण गरेको (कोल्डस्टोर) फागुनदेखि सञ्चालनमा आउने संघले जनाएको छ । कृषकले उत्पादन गरेका तरकारी,फलफुल,माछा मासु फागुन देखि स्टोरमा राख्न सकिने जिल्ला कृषि सहकारी संघ मोरङका कोषाध्यक्ष राजेन्द्र सापकोटाले बताए । स्टोरमा ५० टन सम्म राख्न सकिने गरि निर्माण गरिएको सापकोटाले बताए ।  झापाको दमक तथा बिराटनगरमा राखिने गरेका तरकारीहरु आफनै गाँउघरमा राख्न पाँउदा राहत पुग्ने कृषकहरु बताउँछन । गत बर्षनै काम सक्ने गरी निर्माण गरिएको स्टोरको भुकम्प तथा बिभिन्न कारणले गर्दा सकिएको थिएन । ८० लाख्को लगानीमा उत्त स्टोर निर्माण गरीएको हो ।

तपाईको प्रतिक्रिया