dhankuta chakka jam strike andolan

१६ मंसिर, धनकुटा । एमाले निकट विद्यार्थी संगठन अनेरास्वियू धनकुटाले सरकारले मंगलबार राति गरेको संविधान संशोधन प्रस्तावको विरोधमा विहीबार विरोध प्रदर्शन गरेको छ ।

धनकुटा बहुमुखी क्याम्पस अगाडी कोशी राजमार्गमा एक घण्टा चक्काजाम गर्दै अनेरास्वियू धनकुटाले सरकारले सविधान संसोधनका नाममा देश वेच्न लागेको भन्दै विरोध गरेको हो ।

चक्का जामपछिको कोण सभामा बोल्दै अनेरास्वियू धनकुटाका अध्यक्ष राज्यमान छाराले अंगिकृत नागरिकलाई राष्ट्रप्रमुख बनाउने, पहाड मधेश टुक्राउने, हिन्दी भाषालाई राष्ट्र भाषा बनाउने विषयको जहिले पनि अनेरास्वियूले विरोध गर्ने बताए । सरकारले दर्ता गरेको संशोधनका सात बुँदामध्ये सबैभन्दा चर्को असन्तुष्टि प्रदेश सीमांकनमा रहेको छ ।

तपाईको प्रतिक्रिया