inaruwa sthaniya dharna2
इनरुवा मंसिर १६/नेपाली काँग्रेस सहित बहुमत दलको निर्णयमा भएको भनिएको इनरुवा नगरको पूर्नसंरचनालाई लिएर सुनसरी सदरमुकाम इनरुवाका ३ वडाका स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् । काँग्रेसको प्रस्ताव अनुसारको वडा नं ६,४ र ५ को समायोजन यर्थाथपरक नभएको भन्दै ती वडाका स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् ।

inaruwa sthaniya dharna4

inaruwa sthaniya dharna3
बहुमत दलको निर्णय भनि काँग्रेसले एकलौटी निर्णय लाद्ने प्रयास गरेको भन्दै सर्वमान्य निर्णय लागु हुनुपर्ने उनिहरुले माग गरेका छन् ।
आन्दोलित बनेको स्थानीयहरुले वडा समायोजन विरुद्ध नाराबाजी सहित इनरुवा नगरपालिकाको मूल गेटमा एक घण्टा धर्ना समेत दिए ।
धर्नाकारीहरुले वडा नम्वर १ र ६ त्यस्तै ४ र ५ मिलाएर वडा समायोजन गर्नुेपर्ने माग राखेका छन् ।

inaruwa sthaniya dharna
सो क्रममा उनिहरुले एक दलिय निर्णय मान्दैनौ, ६ र ४ मिल्दैन् । ६ र १ त्यसैगरी ५ र ४ मिलाउ भन्दै नाराबाजी गरेका थिए ।
आफुहरुका माग वेवास्ता गरी जबरजस्ती निर्णय लाद्न खोजिए कार्यालयमा तालाबन्दी गर्ने चेतावनी समेत दिइएको छ ।

inaruwa sthaniya dharna1

तपाईको प्रतिक्रिया