rajendra mahto inaruwa
इनरुवा मंसिर १६ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले संसदमा दर्ता गराएको संविधानको संसोधन विधेयक स्विकार्य नरहेको बताएका छन् । सुनसरी सदरमुकाम इनरुवा पुग्नु भएका महतोले सरकारका तर्फबाट दर्ता भएको संसोधनले आन्दोलनका माग र भावना संबोधन गर्न नसक्ने भन्दै यथास्थितीमा आफ्नो पार्टीले स्विकार नगर्ने बताए ।

महतोले सरकारले ब्यवस्थापिका संसदमा दर्ता गराएको संविधान संसोधन विधेयकलाई कब्जियत को संज्ञा समेत दिए । मोर्चाका माग सम्बोधनका नाममा केही दिए जस्तो गरेपनि मूल मुद्धामा प्रवेशनै नगरी अड्काउने काम मात्र गर्न खोजेको वहाँले टिप्पणी गरे ।
संचारकर्मीहरुसँगको कुराकानीमा महतोले यथास्थितिमा कुरा नमिल्ने स्पष्ट पार्दै सुधार्ने प्रतिबद्धता नआए सडक देखि सदन सम्म आन्दोलन चर्काउन बाध्य हुने चेतावनी दिएका छन् । महतो सद्भावना सुनसरीको नयाँ गठित कार्यसमितिका पदाधिकारीहरुको पदभार ग्रहणको कार्यक्रमका लागि इनरुवा आएका हुन् ।

तपाईको प्रतिक्रिया