aapasi samajhadari patra ma hastachar rajbiraj

१६ मंसिर, राजविराज दिलिप  साह । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन्डबोर्ड), जिल्ला विकास समिति, गाँउ विकास समिति, र सहयोगी संस्था बीच आपसी समझदारी–पत्रमा बुधवार हस्ताक्षर भएको छ ।

जिल्ला विकास समितिको सभाहलमा बुधवार जिल्ला विकास समितिका स्थानिय विकास अधिकारी सुदेव पोख्रेल को सभापतित्वमा आयोजित कार्यक्रममा स्थानिय विकास अधिकारी सुदेव पोख्रेल, लक्षित गाविसहरु बभनगामाकट्टी, मधवापुर, गोईठी, बसबिट्टी, अर्नाहा, पत्थरगाडा, दिघवा, हर्दिया, खोजपुर र मधुपट्टी गाविसका सचिवहरु, सेभ द सप्तरीका अध्यक्ष धु्रव प्रसाद देव, राष्ट्रिय जनकल्यान परिषदका अध्यक्ष अंजनिस्वर, श्रीर्पुराज सामुदायिक विकास केन्द्र का अध्यक्ष बिनोद चौधरी र फन्डबोर्डका पधाधिकारीहरु बिच खुल्ला दिसा मुक्त ÷ खुल्ला दिसा मुक्त पश्चातको पूर्ण सरसफाई कार्यक्रमको लागि चौपक्ष्य समक्षौताको भएको छ ।

खानेपानी कार्यक्रमलाइ प्रवेश विन्दु बनाइ आयोजना सन्चालनमा रहेको गाविस लाई खुला दिशामुक्त बनाउने र खुला दिशामुक्त गाविसमा पुर्ण सरसफाइ का कार्यक्रम आयोजना गरि सरसफाइ को महाअभियान मा देश व्यपि रुपमा सहयोग गर्ने हेतु ले ग्रामिण खानेपानी तथा सरसफाइ कोष विकास समितिले जिविस , गाविस र सहयोगि संस्था सगं सम्न्वय गरि देश व्यपि रुपमा ४०० गविस लाइ खुला दिशा मुक्त पार्ने अठोट लिएको छ । यसै क्रममा सप्तरी जिल्लामा तीन सहयोगि संस्था द्वारा १० गाविसमा १३ खानेपानी आयोजना सन्चालनमा रहेको छ । उक्त १० गाविस मा रणनैतिक कार्ययोजना बनाइ पुर्ण सर्सफाइ आयोजना गर्न ग्रामिण खानेपानी तथा सरसफाइ कोष विकास समिति, जिविस, गाविस र सहयोगी संस्थाहरु सँगको यो चौपक्षिय सम्झौता आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया