drugs corex lagu ausadhi

१७ मंसिर, सप्तरी। सप्तरीमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध कोरेक्ससहित दुई जनालाई पक्राउ गरेको छ।चार सय बोतल लागूऔषध कोरेक्ससहित हनुमानगर योगिनीमाई -४ का सिताराम चौधरी र जगदिस सदालाई पक्राउ परेका हुन्। उनीहरु भारतीय बजारबाट कोरेक्स बोकेर आउदै थिए।

उनीहरुलाई बुधबार राती पौने नौ बजे इलाका प्रहरी कार्यालय हनुमानगरबाट खटिएको टोलीले हनुमाननगर योगिनीमाई नगरपालिका ८ मा रोकेर चेकजाँच गर्दा लागूऔषध बरामद भएको थियो।दुबैलाई बिहिबार लागूऔषध ओसार पसार अन्तरगत मुद्दा दर्ता गरी कारवाही शुरु गरिएको को जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया