arbinda mehta

इनरुवा मंसिर १७/ जिल्ला विकास समिति सुनसरीका पूर्व सभापति अरविन्द मेहताको निधन भएको छ । मुटु,प्रेसर र सुगरको विरामी रहेका मेहताको उपचारका क्रममा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६४ वर्षको उमेरमा  निधन भएको हो ।

पंचायत कालमा प्रधानपञ्च समेत बनेका मेहता जिल्ला उपसभापतिका साथै जिविस सभापति  समेत बन्न पुगेका थिए । मेहता मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला सल्लाहाकार रहेका थिए । मेहताको आजै अन्तिम  संस्कार गर्ने  पारिवारीक स्रोतले जनाएको छ । मेहताका दुई श्रीमति र दुई छोरा  छन् ।

तपाईको प्रतिक्रिया