बलाहा १८ /भौतिक पूर्वाधार तथा यातायात राज्य मंत्री सीताराम मेहताले समृद्ध मुलुक निर्माणकालागि बिकास निर्माणको खाँचो औल्याउनु भएको छ ।


संविधान कार्यान्वयनका लागि भैरहेका प्रयासले छिटै सार्थकता पाउने बताउँदै मेहताले मुलुकको समृद्धिकालागि सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको धारणा व्यक्त गर्नु भएको हो ।


गृह जिल्ला सुनसरी पुग्नु भएका मंत्री मेहताको सम्मानमा बलाहामा थारु कल्याणकारीणी सभा र थारु जागृती क्लबले विशेष सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।


इनरुवाबासी समेत रहनुभएका मेहताले आफ्नो कार्यकाललाई उदाहरणीय बनाउन गाउँगाउँमा बिकासको लहर चलाउने प्रतिवद्धता जनाउनु भएको छ ।


राज्यमंत्रीमा नियुक्तिसँगै विकास निर्माणमा सहयोगको अपेक्षा सहित मेहतालाई भेट्न चाहने सर्वसाधारणको घुइचो लाग्न थालेको छ ।

तपाईको प्रतिक्रिया