Aagjani
फाइल फोटो

काठमाडौँ, २३ कार्तिक ।  दाङको लक्ष्मीपुर १ चौपट्टामा भारतीय नम्वर प्लेटको एक गाडीमा आगो लागेको छ । लमही-घोराही सडकखण्डको लक्ष्मीपुर-१ चौपट्टामा यूपी ५५ टी ४०२५ नम्वरको मिनी ट्रकमा आगो लागेको हो ।

घोराहीमा केरा झारेर कृष्णनगर तर्फ जाँदै गरेको ट्रकमा आगो लाग्दा पूर्णरुपमा जलेको दाङका प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिए ।ट्रकमा कसरी आगो लाग्यो भन्नेबारे केही खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान जारी राखेको छ । ट्रकका चालक र सहचालक प्रहरी सम्पर्कमा रहेको र उनीहरुसँग जानकारी लिन काम भैरहेको एसपी कडायतले बताए ।

 

तपाईको प्रतिक्रिया