१९ मंसिर, नरेन्द्र बस्नेत बेलबारी । देशैभरी १६ दिने महिला हिंसा बिरुद्धको अभियान चलिरहेका बेला ईलाका प्रहरी कार्यालय बेलबारीमा भने घरेलु हिंसाका घट्ना बढि रहेका छन । महिला अधिकारकर्मी तथा अन्य संघसंस्थाले निरन्तर कार्यक्रम गरिरहेपनि घरेलु हिंसाका घट्नाहरु ब्ढिरहेका छन । मदिरा सेवन गरेर गाली गलौज गर्ने तथा कुटपिट गर्ने समेत घट्ना बाहिर आईरहेका छन । १६ दिने अभियान चलिरहेकै बेला समेत ईलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी परिरहेका छन । ईलाका प्रहरी कार्यालय बेलबारीमा आब ०७२– ०७३ मा एउटा घरेलु हिसाको घट्ना दर्ता भएको थियो ।

तर आब ०७३ –०७४ को छ महिना बित्न नपाँउदै ६ वटा महिला हिंसाका घट्ना दर्ता भएका छन । अधिकांश घट्ना श्रीमान श्रीमति बिचको बिवादको भएको प्रहरीले जनाएको छ । दर्ता भएका ६ वटा घट्नानै मिलाउन सफल भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालयमा गत आवमा ईलाका प्रहरी कार्यालमा १ सय ६० वटा घट्ना ईलका प्रहरी कार्यालमा दर्ता भएका थिए । १ सय १५ वटा घट्ना भने मिलापत्र भईसकेको छ । अझै ४५ वटा घट्ना मिल्न बाँकी छन । हिंसा भयो भनेर निबेदन दिने तर त्यस पछाडि कार्यालयले बोलाउँदा समेत नआउने गरेकाले ४५ वटा घट्ना मिल्न बाँकी रहेको प्रहरीको भनाई रहेको छ ।

यस आवको पाँच महिनामा ७४ वटा निबेदन प्रहरीमा दर्ता भएका छन । अधिकांश घट्ना गरीबि र बैदेशिक रोजगारी पछि उत्पन्न घटनाका रहेका छन । यता महिला सञ्जाल मोरङले भने महिला हिंसाका घट्ना घटेको जनाएको छ । गत आवमा ४६ वटा घट्ना भएको तर यो आबका ५ महिनामा १२ वटा घटना मात्र महिला सञ्जालमा आएको महिला सञ्जाल बेलबारीका अध्यक्ष सर्मिला लुंगेलीले बताईन । महिला हिंसा बिरुद्धको अभियान नाभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाउने गरिएको छ ।

तपाईको प्रतिक्रिया