१९ मंसिर, राजकुमार पासवान सप्तरी।सप्तरीको कञ्चनरुप नगरपालिका ५ स्थित कञ्चनपुरमा शुक्रबार राति आगलागी हुदाँ दुई जनाको चार वटा घर जलेर नष्ठ भएको छ भने करिब ८ लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट स्थानीय रामप्रसाद राउतको जस्ता पाताले बनेको दुई वटा घर र राधेश्याम राउतको फुसको दुईवटा घर र एउटा गोठ जलेर नष्ट भएको हो । विद्युतको तार सर्ट भएर करिब ११ बजे राति भएको आगलागीले दुई परिवार घर पूर्णरुपमा क्षति भएको पीडीतले बताएका छन् ।
पीडित बौवा राउतले भने “ मेरो घरमा रहेको करिब ३ लाख बराबरको काठ जलेर नष्ठ भएको छ । घरका सबै खाद्यान्य जलेकोले दैनिक गुजारा गर्न पनि समस्या छ । जाडोको समय भएकाले लुगा समेतको अभाव छ ।”

पीडितका अनुसार अहिलेसम्म कुनै पनि निकायले कुनै पनि किसिमको राहत उपलब्ध नगराएको बताए । स्थानीय युवा गणेश कुमार मण्डलको नेतृत्वमा यूवा समाजद्धारा मुरही,च्युरा,चाउा चाउँ लगायतका खाने कुरा पीडितहरुलाई वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया