१९ मंसिर, इटहरी  माैसम परिवर्तन संगै केहीदिन यता पूर्वमा चिसाे बढदै गएकाे छ । अरू दिनकाे तुलनामा अाइतबार बिहानै देखी बदलिएकाे माैसमका कारण पूर्वका बिभिन्न जिल्लाहरूमा बाक्लाे हुुस्सुसंगै एक्कासी चिसाे बढेकाे हाे ।

पूर्वाञ्चलकाे मुख्य जिल्लाहरू सुनसरी , माेरङ, झापा धनकुटा लगायतका सहरहरूमा शनिवार सम्म घाम लागेपनि अाइतबार बिहानै देखी बाकलाे हुस्सु र सिरेटाेसंगै चिसाे बढेकाे हाे ।

माैसम बदलीसंगै पूर्वमा चिसाे बढेपछि जनजिवन कष्टकर बन्न थालेकाे छ । अाइतबार चिसाे बढेसंगै पूर्वकाे केन्द्र इटहरीमा स्थानीयहरूकाे चहलपहल पनि घटेकाे पाइएकाे छ । बिहान मुख्य चाैकहरूमा अरूबेला सफारीकाे लर्काे लाग्ने गरेकाे देखिएपनि अाइतबार प्राय मुख्य सडक सुनसान जस्तै देखिएकाे थियाे ।

तपाईको प्रतिक्रिया