15310305_1241322315915693_1817720718_n
इनरुवा मंसिर १९/सुनसरीको रामनगर भुटाहामा २ सय ४५ जना असहाय तथा विपन्न परिवारका सदस्यहरुलाई न्यायो कपडा वितरण गरिएको छ ।

15356876_1241322272582364_1625967645_n
नरसिंहमा रहेको मिल्लत एजुकेशनल एण्ड वेलफेयर सोसाइटीले भुटाहा, नरसिंह र भोक्राहाबाट छनौटमा परेकाहरुकालागि कम्बल वितरण गरेको हो ।

15327647_1241322439249014_1211537630_n
सुनसरीका प्रमुख जिल्लाअधिकारी लोकनाथ पौड्यालका साथै मिल्लत एजुकेशनलका अध्यक्ष मौलाना फिरोज फलाहीले संयुक्त रुपमा न्यायो कपडा वितरण गर्नु भएको हो ।

15356940_1241322352582356_724529442_n
गरिव, विपन्न, वृद्धवृद्धा, विधुवा, अपाङ्गहरुको विवरण संकलन गरी कपडा वितरण गरिएको मिल्लतले जनाएको छ ।
जकात फाउण्डेसन अफ अमेरिका (JAKAT FOUNDATION OF AMERICA)को सहयोगमा मिल्लत एजुकेशनलले असहाय तथा टुहुरा बालबालिकाकालागि निःशुल्क आवास सहितको अध्यापनको व्यवस्था समेत मिलाउदै आएको छ ।

15327667_1241322249249033_1532908077_n
मिल्लतले ७० जना बालबालिकालाई पठनपाठनको व्यवस्था मिलाउदै आएको छ महासचिव खुर्शिद आलमले बताए । सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यस्वरुपका कार्यलाई निरन्तरता दिइने आलमले बताए । जाडो बडेसँगै जिल्ला सहित मुलुकका विभिन्न स्थानमा समेत आवश्यक्ता अनुसारको न्यानो कपडा सहितका सहयोग उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने उनले कार्यक्रममा जानकारी गराए ।

तपाईको प्रतिक्रिया