morcha with prachanda

१९ मंसिर, काठमाडौं । संविधान संशोधन विधेयकमाथि समर्थन गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ माग अगाडि सारेको छ । सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव यथास्थितमा स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको मोर्चाले कैलाली, कञ्चनपुर र सुनसरी जिल्ला टुक्राएर परिमार्जन सहित प्रस्ताव ल्याए स्वीकार गर्ने बताएको हो । विधेयक संसदमा दर्ता भएपछि मोर्चाले आन्दोलनमा जाने भन्दा पनि सरकारले ल्याएकै प्रस्तावमा सहमति खोज्न सरकारलाई दबाब दिएको छ ।

संविधान संशोधन विधेयक दर्ता भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन र सडक आन्दोलन चर्काएको बेला मधेसी मोर्चाले पनि सरकारले ल्याएको प्रस्ताव स्वीकार नगर्दा सरकार अपठ्यारोमा परेको छ ।मधेसी मोर्चाले अहिले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लाहरुलाई अलग गर्नु सकारात्मक भएको बताउदै नवलपरासी जिल्ला मात्रलाई मात्र नभई कैलाली कञ्चनपुर र सुनसरी जिल्ललाई पनि टुक्राउनु पर्ने नयाँ शर्त अगाडि सारेको छ ।

मोर्चाका एक नेताले भने,‘नवलपरासी मात्र किन टुक्रयाइयो, कैलाली कञ्चनपुर र सुनसरी टुक्रयाउन किन नहुने ?’ मोर्चाले विवादित पाँच जिल्ला झापा मोरङ सुनसरी कैलाली कञ्चनपुरलाई पनि अहिलेकै संविधान संशोधनको प्रस्तावमा टुक्रयाउनु पर्ने समावेश गर्न सरकारसँग माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आफूले मध्यमार्गी प्रस्ताव ल्याएकाले अहिले तत्काल परिमार्जन गर्न नसकिने जवाफ दिदै आएको प्रचण्डको सचिवालयले बताएको छ ।

कैलाली र कञ्चनपुर केही गर्न नदिने देउवा

मधेसी मोर्चाको माग पूरा गर्न सरकारले ल्याएको संविधान संशोधन सत्तारुढ दल कांग्रेसले समर्थन जनाएको छ । केही नेता विपक्षमा भएपनि कांग्रेस संशोधनकै पक्षमा छ । तर मधेसी मोर्चाले राखेको यो माग पूरा हुने सम्भावना देखिदैन ।कैलाली र कञ्चनपुर नटुक्रयाउने शर्तमा मात्र कांग्रेस सभापति देउवाले प्रस्ताव स्वीकार गरेका थिए । विगतमा पनि देउवाको अडानको कारण कैलाली कञ्चनपुर टुक्रिएको थिएन । मधेसी मोर्चाले कैलाली र कञ्चनपुरको तल्लो भाग टुक्रयाउनु पर्ने माग अगाडि सारेको छ । मोर्चाले अहिले झापा र मोरङलाई छोडेर सुनसरी जिल्ला टुक्रयाउनु पर्ने माग गरेका छन् ।नेपाली हेडलाइन्सकाे सहयाेगमा

तपाईको प्रतिक्रिया