१९ मंसीर, इटहरी। काँकडभिट्टा बाट विराटनगरका लागि आएको को १ ख ११३२ नम्वरको यात्रुबाहक बसको इटहरी चोकमा जाँच गर्ने क्रममा ४ सय लिटर अवैध घरेलु मदिरा बरामद भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।अवैध रुपमा घरेलु मदिराको धेरै माँग रहेको विराटनगर र जोगबनीमा प्राय दैनिक मोरङ्ग कै पथरी ,बेलबारी ,गछिया ,उर्लाबारी, कानेपोखरी लगायतका स्थानबाट घरेलु मदिरा आपुर्ति हुदै आएको छ ।

त्यही क्रममा  इलाका प्रहरी कार्यालय इटहरीले पूर्वबाट आएका सवारी साधन जाँच गर्ने क्रममा बस भित्र उक्त परिमाणको मदिरा बरामद भएको प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । त्यति धेरै बसमा मदिरा ल्याउनेहरु भने कसैले पनि दावी नगरेका कारण बरामद भएको मदिरा इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।

तपाईको प्रतिक्रिया