gadi ma sticker apang itahari

१९ मंसीर, इटहरी । २५ औ अन्तराष्ट्रिय अपाङ्गता दिवशको अवसरमा नेपाल चेलिबेटी अपाङ्ग महिला समाजले आइतवार इटहरी उपमहानगरपालिका क्षेत्रका पार्कहरुमा उभिएर   सार्वजनिक सेवाका सवारी साधनहरुमा अपाङ्गता भएका मानिसका लागी बसमा  अपाङ्गता आरक्षित सिट लेखिएको स्टिकर टाँस गर्ने कार्य गरेका छन ।

विशेषगरी अपाङ्गता भएका मानिसका लागि हरेक सवारी साधनमा सिट सुरक्षित गरिएको भए पनि कतिपय सवारी साधनका चालक वा सहचालक र कर्मचारीहरु नै अपाङ्गताको लागि सुरक्षित सिट अरुले नै बसिरहँदा पनि अपाङ्गता भएका ब्यक्तिले कष्टकरसँग उभिएर यात्रा गर्नु पर्ने अवस्थाको अन्त्यका लागि यो अभियान थालिएको हो ।

ट्राफिक प्रहरी र नेपाल प्रहरीका जवानहरु तथा यातायातका क्षेत्रमा कार्यरत कर्मचारीहरु समेतको सहकार्यमा सवारी साधनहरुमा अपाङ्गता भएकाहरुको सहज सेवाका लागि सवैले चासो लिई यात्रालाई सवैको पहुचमा स्थापित गराऔ भन्ने अभियानलाई सार्थक तुल्याउन सहकार्यका हातहरु अघि बढाऔ भन्ने मुल उद्देश्यले सो अभियान थालिएको अभियानकर्मी लक्ष्मी घिमिरेले बताइन । अपाङ्ग चेलिबेटी समाजकी अध्यक्ष दिलकुमारी राई लगायत एक दर्जनबढि समाजका पदाधिकारी एवम अभियानकर्मीहरुले ट्राफिक प्रहरी र तथा सवारी साधनका कर्मचारीहरु समेतको सहयोगमा सो अभियानलाई अघि बढाएका हुन ।

तपाईको प्रतिक्रिया