१९ मंसीर  इटहरी । इटहरीको कस्तुरी एकेडेमीले लक्ष्मी श्रेष्ठको १२ औ स्मृति दिवशका अवसरमा उच्च मावि मै आयोजित रक्तदान कार्यक्रममा ८१ जना छात्रछात्राले रक्तदान गरेका थिए । स्वर्गीय विद्यार्थी लक्ष्मीको आमा सुशिला श्रेष्ठले रक्तदान गरि शुभारम्भ भएको रक्तदान कार्यक्रममा बाबु श्याम श्रेष्ठले छोरीको सम्झनामा कलेजका लागि थुई थान किताब राख्ने र्याक सहित कक्षा ११ र १२ का विद्यार्थीका लागि आवश्यक पर्ने पाठ्यपुस्तक समेत प्रदान गरेका थिए ।

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रक्त सञ्चार विभागका कर्मचारीहरुको सक्रियतामा रक्तदान कार्यक्रम भएको जानकारी दिदै प्राध्यापक कमलेश शर्मा पौडेलले हरेक बर्ष यसैगरी ती छात्राको सम्झनामा रक्तदानसँगै अन्य सामाजिक कार्यक्रमहरु गरिदै आएको जानकारी दिए  ।

तपाईको प्रतिक्रिया