preety zinta brother sucide

एजेन्सी । चर्चित बलिउड नायिका प्रिति जिन्टाका कजन ब्रदर नीतिन चौहानले आत्महत्या गरेका छन् । चौहानले शुक्रबार बिहान आफ्नो नीजि कार भित्रै कन्चटमा गोली हानी आत्महत्या गरेका हुन् । कारबाट रगत बगेको देखेपछि उनका परिवारले पुलिसलाई खबर गरेको बताइएको छ । चौहानले दायाँ साइडबाट हानेको गोली बायाँ साइडबाट निस्केर कारमा फसेको प्रहरीले बताएको छ ।

साथै घटनास्थलमा चार पेज लामो दुईवटा सुसाइड नोट भेटिएको छ । एउटा सुसाइड नोट कारभित्र भेटिएको थियो भने अर्को उनको घरबाट बरामद गरिएको बताइएको छ ।

उक्त नोटमा चौहानले आफ्नो मृत्युको लागि उनकी श्रीमती र उनको परिवारलाई जिम्मेवार देखाएका छन् । साथै ससुराली खलकलाई पनि आफ्नो ५ वर्षे छोरालाई भेट्न नदिएकोमा दोषी देखाएका छन् ।दुई वर्षदेखि नीतिन चौहान र की श्रीमती उनीसँग छुट्टिएर बसेकी छिन् ।

तपाईको प्रतिक्रिया