मङ्सिर २१, सिराहा  । सिरहाको गोलबजार नपा–वडा नम्बर ६ मा सोमबार  एक शव फेला परेको छ । शव गोलबजार नपा–वडा नम्बर ४ घर भई गोलबजार–वडा नम्बर ६ मा डेरा गरी वस्ने ४० वर्षिय शिवजी साह हलुवाईको रहेको गोलबजार प्रहरीले जनाएको छ ।

गोलबजार मै रिक्सा चलाएर डेरा जानेक्रममा लडेर पर्खालमा टाउको ठोकिएर फूट्दा अत्यधिक रक्तश्राव र जाडोको कारण ज्यान गएको हुन सक्ने ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख राजेन्द्र कुमार उपाध्यायले जानकारी दिनुभयो । शव रहेको क्षेत्रमा धेरै रगत बगेको देखिएको छ ।

अत्यधिक मदिरा सेवन गरी डेरा तर्फ गईरहेको समयमा गएराती नै लडेको हुन सक्ने अनुमान गरिएको छ । मदिरा सेवनगरी जतासुकै नियमित घर न आउने व्यवहार भएकाले घरपरिवारले पनि समयमै खोजतलास नगरेको प्रहरीले बताए । साहको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा पठाइएको उपाध्यायले जानकारि दिनुभएको छ।

तपाईको प्रतिक्रिया