२१ मंसीर, इटहरी । १३ औ राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविका दिवशको अवसरमा सोमवार इटहरीमा आयोजित कार्यक्रममा पाँचजना महिला स्वयम सेविकालाई सम्मान गरिएको छ । उनीहरुलाई दिएको जिम्मेवारी निष्पक्ष र निर्भितापूर्वक सम्पादन गरेको भन्दै सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेहरु इटहरीका मीना बस्नेत, खनारको शान्ता अधिकारी, हाँसपोसका तारावती चौधरी, एकम्वाका मुसहर्नीदेवी चौधरी र पकलीका महालक्ष्मी चौधरीलाई नगद ३ हजार सहित प्रमाण पत्र मार्फत सम्मान गरिएको छ ।सो अवसरमा महिला स्वायम सेविकाहरुलाई विरामी पर्दा राज्यले निःशुल्क उपचार सेवा उपलब्ध गर्ने ब्यवस्था गर्नु पर्ने माँग अघि सार्दै महिला स्वयम सेविकाहरुले गाउँघरमा पुर्याएको सेवाका मुल्याङ्कन नभएकाले त्यसको उचित मुल्याङकन गरिनु पर्ने कुरामा बक्ताहरुले जोड दिएका थिए ।

राधा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा इटहरी उपमहानगरपालिकाका शाखा अधिकृत राजेन्द्र धिमालले महिला स्वयम सेविकाहरुले भोग्नु परेका विषयमा राज्य जानकार रहे पनि महिलाहरुले भोेग्नु परेको समस्याको उचित सम्मान हुन नसेकोमा चिन्ता प्रकट गरेका थिए ।

तपाईको प्रतिक्रिया