२१ मंसीर, इटहरी। पछिल्लो समयमा चिकित्सा बिज्ञानका क्षेत्रमा चुनौतिक रुपमा देखा परिरहको स्क्रब टाईफस र डेँगु रोगबाट पीडित हुनेहरुको सङ्ख्या बढिरहेको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जानकारी दिएको छ । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्क्रब टाईफसका पीडितहरुले अघिल्लो बर्ष ५ जनाले उपचार सेवा लिएका थिए । तर यो बर्षको साउनदेखि कार्तिक महिनासम्मका ३८ जनाले उपचार सेवा लिएको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले बिवरण दिए।

स्क्रब टाईफसबाट विशेषगरी धनकुटा भोजपुर सुनसरी मोरङ्ग ईलाम तेह्रथुम झापा पाँचथर र धनुषा जिल्लाबाट सक्रमित आएको पनि तामाङले जानकारी दिनुभयो । त्यसैगरी पछिल्लो समयमा चिकित्सा क्षेत्रमा चुनौति बन्दै गईरहेको डेँगुका पीडितहरुको सङ्ख्या पनि बढिरहेको छ ।
प्रतिष्ठानका अनुसार अघिल्लो बर्ष ४ जनाले प्रतिष्ठानमा उपचार सेवा लिएको तथ्याङ्क प्रतिष्ठानले बताएको छ । यो बर्षको साउनदेखि कार्तिक मशान्तसम्ममा प्रतिष्ठानमा डेँगु सक्रमित भएका ३२ जनाले उपचार सेवा  लिईसकेका छन ।

विशेषगरी झापा जिल्लाको दमक नगरपालिका र त्यससँग जोडिएको तोपगाछी लखनपुर र बुट्टाबारी क्षेत्रमा डेँगुको सक्रमित बढिरहेको पाईएको छ । यो बर्ष सुनसरीको धरानमा पनि डेँगु पीडित तीन जना देखिएका छन । यो बर्ष पूर्वी नेपालको सुनसरी मोरङ्ग झापा  र इलामा जिल्लामा डेँगुका सक्रमित देखा परेकोमा सवैभन्दा बढि झापामामात्र २४ जना डेँगु पीडित बन्न पुगेको पाईएको छ ।

तपाईको प्रतिक्रिया