२१ मंसिर, इनरुवा । सुनसरीको हरीनगरा-२ स्थित एक कस्मेटीक पसलमा गएराती आगलागी भएको छ। स्थानीय शिवन चौरसियाको कस्मेटीक पसलमा राती २ बजेतिर विधुत सर्ट आगालागी भएको हो।
आगोले पसलमा भएको नगद ७० लाख सहित अन्य माल-सामान समेत जल्दा ५ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी स्थानीय प्रहरी, स्थानीयबासी र इनरुवा नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिनगराले जनाएको छ।