duhabi fire aagoq

२१ मंसिर, इनरुवा । सुनसरी मोरङ औघोगिक करिडोर अन्तर्गत सुनसरीको दुहबीको एक फर्म उघोगमा भिषण आगलगी भएको छ । दुहबी भलुवा ४ स्थित कदमगाछीमा रहेको हनुमान्त पोलिट्याक फर्म उघोगमा भएका आगलागी नियन्त्रण भन्दा बाहिर छ । साझ ६.१५ बजे देखी शुरु भएको आगलागीमा परी ३ जना  घाइते भएका छन । घाइते हुनेहरुमा अमृत श्रेष्ठ, दिलिप चौधरी र राजु यादव रहेका छन । उनिहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।

duhabi fire aago

आगलागी नियन्त्रण गर्नका लागि  इटहरी, धरान, इनरुवा र बिराटनगरबाट दमकल घटनास्थलमा परिचालन गरिएको छ । उघोग भित्र रहेको ग्यासको सिलिण्डर आगलागीमा परी बिस्फोट भइरहेको कारण पनि दमकललाई आगो निभाउन मुस्किल भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिव पोखरेलका अनुसार आगलागीका कारण उघोग भित्र रहेका ५ वटा सबारी साधन समेत जलेर नष्ट भएको छ ।

उघोगमा के कारणले आगलागी भयो यकिन नभएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणको लागी अहिले घटनास्थलमा ठुलो संख्यमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

duhabi fire aago1

तस्विर सहयोग : राेशन पाेखरेल

तपाईको प्रतिक्रिया