swayam sewak diwas Samman-Program jhumka

२१ मंसिर, झुम्का । अन्तराष्ट्रिय स्वयम सेवक दिवसको अवसरमा सुनसरीको रामधुनी भासीमा समाजमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाइ सोमबार सम्मान गरिएको छ । सुशासनका लागि युवा वाइजीजीले सम्मान कार्यक्रममा तीन व्यक्ति तथा दुइ संस्थालाइ सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा युवा विकासको क्षेत्रमा योगदान पुर्याउने युवा अभियान्ता अरुण खड्का, लामो समयदेखी सामाजिक क्षेत्रमा योगदान पुर्याउने डिल्ली कार्की र सञ्चारमाध्यमबाट समाजमा योगदान पुर्याउने पत्रकार मिलन बुढाथोकी रहेका छन् । त्यसै गरी संस्थागत रुपमा रामजानकी बृद्धाश्रम पकली र निःसहाय बालबालिका सेवा आश्रम इटहरीलाइ सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुलाइ थप प्रोत्साहन गर्ने र अन्य सहभागीहरुलाइ सामाजिक कार्य गर्न उत्प्रेरित गराउने उद्देश्यले सो सम्मान गरिएको संस्थाका अध्यक्ष बिनोद कोइरालाले बताए । संस्थाका अध्यक्ष कोइरालाको सभापतित्व, रामधुनी भासी नगरपालिकाका कार्यकारी अधिकृत प्रमोद कुमार चौधरीको प्रमुख आतिथ्यता, सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराइ र इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरिक्षक शान्ताराम कार्कीको विशेष आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।

संस्थाले छोटो समयमा राम्रा र महत्वपुर्ण कार्यक्रमहरु गरेको र आगामी दिनमा युवाको क्षेत्रमा नगरपालिकाले समन्वय गर्ने प्रमुख अतिथी चौधरीले बताए । वाइजीजीले करिब डेढ बर्षदेखी युवा विकास, सशक्तिकरण लगायत विविध क्षेत्रमा काम गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया