bharatpur mahotsav udghatan२२ मंसिर ,शंकर निर्देश चितवन ।। उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले नेपालको आर्थिक विकासका लागि मेला महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएकाे छ । बुधबारबाट चितवनकाे भरतपुरमा शुरु भएको ‘भरतपुर महोत्सव २०७३’ को उद्घाटन गर्दै उपप्रधान एवम् गृहमन्त्री निधीले यस्तो बताउनुभएकाे हाे । स्थानीय उत्पादनलाई प्राथमिकता दिएर मेला महोत्सवमा प्रदर्शन गरे मात्रै पनि नेपालका युवाशक्ति विदेशिन कम हुने उहाँले दावी गर्नुभयाे ।

उक्त क्रममा मन्त्री निधिले महाेत्सवकाे सफलताकाे कामना समेत गर्नुभयाे । चितवनका विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार चितवन आउनुभएका मन्त्री निधि बुधबार महोत्सवको उद्घाटन गरेपछि काठमाडौँ फर्किनुभएकाे छ । युवा समाज भरतपुरकाे गाैरव र गरिमामय चाैथाे प्रस्तुति ‘भरतपुर महाेत्सव २०७३’ पुस २ गतेसम्म संचालन हुने अायाेजक पक्षले जनाएकाे छ । महाेत्सव भरतपुरकाे केन्द्रीय बस टर्मिनल स्थित राष्ट्रिय सहकारी विकास बाेर्डकाे मैदानमा शुरू भएकाे हाे ।

महाेत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूकाे सांगीतिक एवम् हास्य प्रस्तुति रहने महाेत्सव मूल अायाेजक समिति संयाेजक असिम भट्टराईले जानकारी दिनुभयाे । कलाकारहरू पशुपति शर्मा, शिव परियार, कमल खत्री, रामचन्द्र काफ्ले, हेमन्त शर्मा, राजु परियार, देवी घर्ती मगर, रामजी खाँड लगायतकाे बेजाेड सांस्कृतिक प्रस्तुति रहने प्रचारप्रसार संयाेजक राजु भट्टले जानकारी दिनुभयाे ।

यसैगरी हास्य कलाकारहरू मूलाकाे साग ( मेरी बास्सै ), जाेगिन्द्र, राजाराम ( तिताे सत्य ) लगायतकाे समेत प्रस्तुति रहने भट्टले बताउनुभयाे । महाेत्सवकाे मुख्य प्रायाेजकका रूपमा क्याची एजुकेशन एण्ड ट्रेनिङ कन्सल्टेन्सी प्रालि भरतपुर रहेकाे छ भने सह प्रायाेजकका रूपमा प्रभु हाउजिङ एण्ड प्राेपर्टि डिलर्स रहेकाे छ । यसैगरी महाेत्सवकाे विशेष सहयाेगीमा कालिका कलेज अफ टेक्नोलोजी प्रालि र सनराईज हाेटल-लज-रेष्टुरेन्ट एण्ड बार रहेका छन् । विभिन्न १ सय ५० वटा स्टलहरू रहेकाे महाेत्सव अवलाेकन गरेर सफल पार्नका लागि अायाेजक युवा समाज भरतपुरका सचिव शिव शंकर उप्रेतीले सम्पूर्णमा अाग्रह समेत गर्नुभएकाे छ ।

तपाईको प्रतिक्रिया