‘द कपिल शर्मा शो’ बाट चर्चित भएका कमेडियन आजको मितिमा भारतिय टिभीका सबैभन्दा महँगा कलाकार हुन्। एक चर्चित भारतिय पत्रिकाका अनुसार उनको चर्चाले गर्दा हाल उनी काम गरिरहेको टिभीले कपिलले पाउँदै आएको पारिश्रमिकमा आकर्षक बढोत्तरी गर्दै थप काम गर्न प्रस्ताव गरेको छ। हाल उनीले काम गरिरहेको सोनी टिभीले आगामी वर्षका लागि कपिललाई आफू साथै राख्नलाई ११० करोड भारूको रकम प्रस्ताव गरेको छ। सन् २०१७ को अन्तयसम्मका लागि यो प्रस्ताव गरेको हो।
हाल कपिलले सो शोका लागि ६० देखी ८० लाख भारूको बिचमा पारिश्रमिक पाउँदै आएका छन्। कपिलको कामबाट खुशी भएपछी टिभीले बिना संकोच यस्तर्रो रकम प्रस्ताव गरेको हो। कपिलको कार्यक्रमका कारण टिभीले शानदार रेटिङ पाएपछि टिभीले सो प्रस्ताव पेस गरेको जनाइन्छ।
यसरी टिभीबाट यो शोको चर्चाका कारण राम्रो पैसा पाउनेमा कपिलमात्र एक्ला होइनन्। कपिलको शो कार्यक्रममा डा. महशुर गुलाटी, सरला तथा लाटरीको पात्रमा काम गरिरहेका कलाकारहरू समावेश छन्।
उनीहरूले पाउने पारिश्रमिक यसप्रकार रहेको छ:
१. डा. महशुर गुलाटी (सुनिल ग्रोभर): उनले १० देखी १२ लाख भारू प्रतिदिन पाउँछन्।
२. नवजोद सिद्दु: ८-१० भारू प्रतिदिन
३. सरला गुलाटी (सुमोना चक्रवती): ६-७ लाख
४. सन्तोष (किकु शारदा): ५-७ लाख
५. पुष्पा नानी (अलि असगर): ५-७ लाख
६. चन्दु चायवाला (चन्दन प्रभाकर): ४-६ लाख
७. लट्टरी नर्स (रोशेल राव): ३-४ लाख
सभार : सेतोपाटी