एजेन्सी । अहिले नेपालका अधिकांश युवाहरु पैसा कमाउन खाडी मुलुक जाने गरेका छन्। मलेसिया, कतार, ओमान, साउदी अरब, दुबइ प्रमुख गन्तव्यमा पर्दछन्। उनीहरुको मुख्‍य रोजाइ भनेको दुबई नै हुने गरेको छ। तर दुबईमा गएपछि उनीहरुले धेरै समस्याहरु आउने गरेका छन्। किनकी उनीहरुको त्यहा पाउने काम भनेको ड्राइभर, खलासी, कन्स्ट्रक्शन, मेडिकल स्टोरमा काम लगायत गर्ने गर्दछन्।

उनीहरुलाई यो काम गर्दा धेरै दुख कष्ट झेल्नु पर्ने हुन्छ।उनीहरु ज्‍यानको बाजी लगाएर काम गर्दा पनि मालिकबाट श्रमशोषण, अत्याचार र विभेद भोग्नु पर्ने हुन्छ। त्यसकारण दुबई जानु पूर्व यी कुरामा ध्यान दिँदा उपयुक्त हुन्छ।

दुबईमा बिना डाक्टरको अनुमतिले औषधि नकिन्नुस्

दुबईमा औषधि किन्दा धेरै नै होस पुर्‍याउनुपर्छ। किनकि सरकारले औषधिमा धेरै नै कडा नियम लागू गरेको छ। यहाँ औषधिको प्रयोग गर्नेलाई नशाको निगरानीमा राख्‍ने गरिन्छ। यसकारण डाक्टरको सल्लाह अनुसार मात्रै औषधि किन्नुस्। लापरबाही गरिए जेल जाने सम्भावना धेरै हुन्छ।

दुबईमा मालिकले खोस्छन् पासपोर्ट

खाडी देशमा रोजगारमा जाने कामदारको पासपोर्ट मालिकले जानेबित्तिकै खोसिदिन्छन्। उनीहरुमाथि निक्कै नै अमर्यादित व्यवहार गर्ने गरिन्छ। यसपछि मानिसहरु लोभमा परेर त्यहाबाट फुत्कन सक्दैनन। उनीहरु त्यहाँ ठगीमा पर्छन्। धेरै मानिसहरु एजेन्ट मार्फत ठगीमा पर्ने गरेका छन्। यही कारण आफ्नो पासपोर्ट आफूसँगै राख्‍नुस अरु कसैलाई नदिनुस्।नत्र धेरै दुख पाइन्छ।

दुबईमा ड्राइभरको जागिर
त्यहाँ ड्राइभरको जागिर धेरै सजिलो मिल्छ तर सबै अरुकै अधिनमा हुन्छ। यहाँ बस्ने ९० प्रतिशत बसोबास धनी छन्।उनीहरुसँग धेरै प्रकारको गाडी त हुने नै भयो। तर यहाँ ड्राइभरको काम यति सजिलो छैन। यदि ड्राइभरबाट अलिकति पनि गल्ती भएमा उसलाई धैरै जरिवाना तिर्नुपर्ने हुन्छ। तर नेपालीको लागि यहाँ देब्रे हेड सिस्टम भएकाले उनीहरुलाई धेरै कन्फ्युज हुन्छ। यदि अलिकति पनि गल्ती भए भाग्‍न सकिदैन।

दुबईमा अफेयरबाट बच्नुस्

दुबईमा बिना बिबाह केटाकेटी एकअर्कासँगै बस्न निधेष छ। सरकारले यसबारेमा कानून धेरै नै कडा पारेको छ। यसका साथै यदि कुनै केटीसँग भेटिएमा यहाँ केटालाई आजीवन सजाँय हुने गर्दछ। साथै सार्वजनिक स्थलमा हात समातेर हिड्न पनि निषेध गरिएको छ। यदि यो काम गरेमा ऊ सीधै अपराधी ठहराइन्छ।

कामको बेलामा रक्सी खानु मनाही
यदि तपाई कामको समयमा हुनुहुन्छ भने यूनाइटेड अरबमा रक्सी खानु मनाही छ। यहाँ रक्सी खान पनि लाइसेन्स लिनुपर्दछ। तर रक्सी खाएर घुम्‍नुहुन्छ भने लाइसेन्स अति जरुरी हुन्छ। घरभित्र मात्रै रक्सी खानु पर्ने हुन्छ। यदि कामको बेला ड्रग्स तथा नशा भेटिए सिधै उसलाई जेल सजायँ भोग्नु पर्ने हुन्छ।

घरेलु कामदारलाई कुनै अधिकार प्राप्त हुँदैन
यदि तपाई दुबई घरेलुक कामदारको रुपमा जादै हुनुहुन्छ भने एक पटक सोचेर मात्रै जानुस। यदि तपाई यो पोस्टमा जाँदै हुनुहुन्छ भने त्यहाँ तपाईलाई कुनै अधिकार हुँदैन। किनकी यहाँका मानिस अरु देशको एजेन्ट मार्पत कामदार मगाउने गर्दछन्।

उनीहरुलाई चरम शोषण गर्ने गर्दछन्। कामदार त्यहाँ घरपालुवा जनावर जस्तै हुन्छन्। उनीहरुलाई मालिकले आफ्नो मर्जीले काम लगाइरहेका हुन्छन्। किनकी उनीहरुको पासपोर्ट खोसिदिएर दिनदिनै कुटपिट र दुर्व्यवहार गर्ने गर्दछन्।यसकारण दुबई तपाई जाँदै हुनुहुन्छ भने एक पटक सोचेर मात्रै जानुस्।

पेट्रोलभन्दा पानी महँगो
यहाँ पेट्रोलभन्दा पानी निक्कै महँगो पर्दछ।यहाँ पानीको सट्टा पेट्रो धेरै सस्तो हुन्छ। यहाँ ९० पिल्समा पेट्रोल आउँछ भने पानी किन्न २ दिदम चाहिन्छ। मिडिया एनपी

तपाईको प्रतिक्रिया