२३ मंसिर, इलाम।इलामको पशुपतीनगर-४ बाट प्रहरीले बुधबार भन्सार छलेर ल्याएको अन्दाजी ९३ हजार ६ सय ५० बराबरको रेडीमेट कपडा बरामद गरी भन्सारमा बुझाएको छ।
इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरीको टोलीले विहान ११ बजेतिर बेबारीसे अवस्थामा राखेको ज्याकेट ५७ पिस, स्विटर ३६ पिस, ट्राउजर ८ पिस, बेबिसुट १३ पिस, झोला ११ पिस, सल ७ पिस र स्ल्याक्स २ पिस बरामद गरेको हो। बरामद कपडा आज भन्सार कार्यालय पशुपतिनगर ईलाममा बुझाएको उक्त कार्यालयले जनाएको छ।