२३ मंसिर, विराटनगर। बिहिबार बिहान विराटनगर उपमहानगरपालिका ५ मा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।

बिराटनगर ५ बङलौरी चौकमा बिहान ६ बजे को. १ त ६४९२ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक सुनसरी रामगंज-बेलगछिया ८ बस्ने अन्दाजी ३० वर्षिय उमेश उरावको उपचारका लागी लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मृतकको शव पोष्टमार्टमकलागी कोशी अंचल अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया