२३ मोरङ, बिराटनगर। बिराटनगर २१ स्थित रानी भन्सार कार्यालय नजिकबाट बिहिबार प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ कोशी-हरैचा नगरपालिका १ बाघडोरा बस्ने अदिप गुरुङ छन्।

लागूऔषध नियन्त्रण ईकाईबाट खटिएका प्रहरीले बिहिबार दिउँसो भारतीय बजार जोगबनीबाट आउदै गरेका गुरुङलाई भन्सार कार्यालयको ढाट नजिक रोकेर चेकजाँच गर्दा उनको साथबाट लागूऔषध नाईट्रोसन ट्याब्लेट ४० थान बरामद भएको थियो। बरामद लागूऔषधसहित गुरुङलाई अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।

तपाईको प्रतिक्रिया