२३ मंसिर, विराटनगर। पाँचथर र मोरङ जिल्लामा बुधबार दिउँसो आगलागीबाट दुई घर जलेका छन। आगलागीबाट अन्दाजी आठ लाख बराबरको धनमाल क्षति भएको अनुमान गरिएको छ।

पाँचथरको अमरपुर-१ स्थित पूर्ण बहादुर योञ्जनको ढुङा माटोले बनेको घरमा अचानक आगलागी भएको हो। आगलागीबाट योञ्जनको घर तथा घरभित्र भएको सामानहरु जल्दा अन्दाजी पाँच लाख बराबरको क्षति भएको बताइएको छ। आगो स्थानीय प्रहरी र गाउँलेको प्रयासमा नियन्त्रणमा गरिएको छ।

त्यसैगरी मोरङ केराबारी ६ स्थित दुर्गाराज खडकाको भान्सा कोठामा चुल्हाबाट अचानक हुँदा उनको फुसले बनेको घर, घरका समानहरु जलेका छन। आगोले खड्काको तीन लाख बराबरको धनमाल क्षति भएको बताइएको छ। आगलागी इलाका प्रहरी कार्यालय केराबारीबाट गएको प्रहरीले गाउँलेको सहयोगमा नियन्त्रण गरेका छन्।

तपाईको प्रतिक्रिया